newskoseli.Com

मध्यपूर्वमा थप शान्ति पहल जरुरी : पोप फ्रान्सिस

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले बिहीबार मध्यपूर्वमा विगत केही वर्षदेखि रहँदै आएको द्वन्द्वको पीडा कम गर्न र यस क्षेत्रमा शान्ति स्थापनाका लागि थप पहल गर्न क्याथोलिक च्यारिटी सम्बद्ध अभियन्तालगायत विश्व समूदायलाई बिहीबार अनुरोध गरेका छन् ।

सिरिया, इराक तथा अन्य मध्यपूर्वी राष्ट्रहरुमा देखिएको युद्धका कारण गम्भीर मानवीय सङ्कट उत्पन्न भएको बताउँदै उनले यसलाई छिट्टै अन्त्य गर्न र द्वन्द्वबाट पीडित व्यक्तिहरुलाई मानवीय सहयोगको अभाव हुन नदिन फ्रान्सिसले आग्रह गरेका हुन् ।

सिरियाका लागि संयुक्त राष्ट्रसङ्घ प्रमुख स्टेफेन डे मिस्टुरासमेत सहभागी एक कार्यक्रममा क्रिश्चियन धर्मगुरु फ्रान्सिसले गतवर्षमा भएका मध्यपूर्वी देशको द्वन्द्व अन्त्यका लागि प्रयासहरु भए पनि हतियार, दमन, अन्तरनिहीत स्वार्थ र हिंसाका कारण यस क्षेत्रको जीवन कहाली लाग्दो अवस्थामा रहेको बताए ।

उनले अलेप्पोमा युद्धबिराम भङ्ग गर्दै हालैका दिनमा भएका हवाई आक्रमणप्रति चासो व्यक्त गर्दै यसको कडा शब्दमा निन्दा गरेका छन् । युद्धबिरामबाट शान्तितिर अघि बढेको समूहहरु फेरि द्वन्द्वमा आउनु चिन्ताको विषय भएको भन्दै यसलाई रोक्न तत्काल प्रयासहरु थाल्नुपर्ने उनको भनाई थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर