newskoseli.Com

विश्व नेताद्वारा नोबेल पुरस्कार विजेता पेरेजको अन्तिम बिदाइ

नोबेल शान्ति पुरस्कार विजेता इजरायलका पूर्वराष्ट्रपति सिमोन पेरेजलाई विश्वनेताले शुक्रबार अन्तिम श्रद्धाञ्जलि दिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायतका राजकुमार चाल्र्सलगायतका विश्व नेताले कडा सुरक्षा व्यवस्थाबीच पेरेजलाई श्रद्धाञ्जलिसहित बिदाइ गरेका हुन् ।

प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास पनि श्रद्धाञ्जलि समारोहको अघिल्लो लहरमा थिए । उनले पेरेजलाई सम्झौता गर्न वार्ता गर्ने नेताको रुपमा नजिकबाट चिनेको बताए ।

विश्वनेताको उपस्थितिका कारण जेरुसेलममा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो भने सडक बन्द गरिएको र हजाराैं कर्मचारी परिचालन गरिएको थियो । श्रद्धाञ्जलि समारोहमा झन्डै ७० देशका प्रतिनिधि सहभागी रहेका थिए ।

इजरायलका संस्थापक पिताको रुपमा चिनिने नेता पेरेजको निधन गत बुधबार ९३ वर्षको उमेरमा भएको हो । बिहीबारसम्म अमेरिकाका पूर्वराष्ट्रपति विल क्लिन्टनसहित झन्डै ५० हजार जनाले संसद् अगाडि राखिएको पेरेजको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलि दिने बेला क्लिन्टन शब्दविहीन बनेका थिए ।

इजरायल र प्यालेस्टाइनका बीचमा सन् १९९० मा भएको ओस्लो शान्ति सम्झौताका लागि क्लिनटनले सघाउनु भएको थियो, जसका कारण पेरेजले नोबेल शान्ति पुरस्कार पाएका थिए । पेरेसको मृत्युभएपछि क्लिनटनले उनलाई अपूर्व बुद्धि र मन भएको महान् व्यक्तिका रुपमा सम्झिएका थिए ।

श्रद्धाञ्जलि समारोहमा ओबामा, क्लिनटन, इजरायली राष्ट्रपति रेउभेन रिभ्लीन, प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु, सभामुख युली इडेल्स्टेइन, चर्चित लेखक अमोस ओज, पेरेसका छोरा र छोरीले शोक मन्तव्य दिएका थिए ।

झन्डै ७ दशकको राजनीतिक यात्राका क्रममा उनले सन् २००७ देखि २०१४ सम्म प्रधानमन्त्री र राष्ट्रपतिसहित विभिन्न महत्वपूर्ण भूमिकामा रहेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर