newskoseli.Com

प्लान्ट विस्फोटमा १ को मृत्यु, ६ वेपत्ता

पश्चिमी जर्मनीको लुबिगसाफेनस्थित १  रसायन उत्पादक प्लान्ट विस्फोट हुँदा १ जनाको मृत्यु भएको र ६ जना हराइरहेका यहाँको वास्फ कम्पनीले जनाएको छ ।

घटनामा ६ जना घाइते भएका जनाइएको छ ।रसायन उत्पादन गर्ने प्लान्टमा रहेको पाइपमा आगो लाग्दा विस्फोट भएको र विष्पोटपछि विशाक्त ग्यास बस्तीमा फैलिएको र नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्नसक्ने भनी प्लान्ट रहेको क्षेत्र वरपरका मानिसलाई घरबाट बाहिर ननिस्कन र ढोका लगाएर घरभित्रै बस्न कम्पनीले अनुरोध गरेको छ । लुबिगसाफेन फ्रान्कफर्टदेखि ८० किलोमिटर दक्षिणपश्चिममा अवस्थित जर्मन सहर हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर