newskoseli.Com

१० हजार हेक्टर क्षेत्रफल वन अतिक्रमण

कपिलवस्तुमा १० हजार ७३२ हेक्टर क्षेत्रफल वन अतिक्रमण गरिएको जिल्ला वन कार्यालयले जनाएको छ । वन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाउने प्रावधान भएपनि कपिलवस्तुमा बर्सेनि वन अतिक्रमणको क्रम बढ्दो छ । जिल्लाको कोपवा, पटना, शिवपुर, हरिहरपुर, शिवराज नगरपालिका, गुगौली, गोरुसिँगेलगायतका स्थानमा सबैभन्दा बढी वन अतिक्रमणमा परेको छ ।

आव २०७२/७३ मा ६२७ हेक्टर क्षेत्रफल मात्र वन अतिक्रमण हटाउन सफल भएको जिल्ला वन कार्यलयका उपसचिव कृष्ण न्यौपानेले बताए । द्वन्द्वको समयमा सबैभन्दा बढी वन अतिक्रमण भएको तथ्याङ्कमा उल्लेख रहेको छ । यसैबीच जिल्ला वन कार्यालय कपिलवस्तुले जिल्लाको विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाइएका ५७८ घर टहरा हटाएको बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर