newskoseli.Com

आकर्षक उपभोक्ता सहकारीको साधारणसभा

नेपाली बहुमूल्य जडीबुटीहरुको उपयोग गरी विविध स्वास्थ्यबद्र्धक उत्पादन तथा बजारीकरण गर्दै आएको आकर्षक उपभोक्ता सहकारी संस्थाको चौथो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

ललितपुरको सातदोबाटोमा कार्यालय रहेको संस्थाले एकोल ब्राण्ड नै बनाएर स्वास्थ्यबद्र्धक ग्रीन टी, स्लिम टी, इनर्जी टी, हर्बल साबुनलगायत दर्जनभन्दा बढी उत्पादन तथा बजारीकरण गर्दै आएको छ ।

सधारणसभाका प्रमुख अतिथि राजधानी डेरीका अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य रामहरि बजगाईंले आकर्षक उपभोक्ता सहकारीले उद्देश्यअनुसार जनमानसको स्वास्थ्यलाई ख्याल राखी जडीबुटीजन्य सामग्रीहरु उत्पादन गरेकोमा आफूलाई खुशी लागेको बताए । संस्थाको शेयर सदस्य बन्न र अभियानलाई सहयोग गर्न आफूले चाहेको उनले बताए ।

विशेष अतिथि फेमेली हस्पिटलका अध्यक्ष डा. कृष्णकुमार राइले आकर्षक सहकारीको जडीबुटीजन्य अर्ग्यानिक अभियानबाट आफू प्रभावित रहेका कारण आफनो हस्पिटलले सहकारीसँग सहकार्य गरेको बताए । डा. राईले सो अवसरमा आफनो हस्पिटलमा सहकारीका सदस्यहरुलाई उपचारखर्चमा २० प्रतिशत छुट दिने घोषणा समेत गरे । उनले जडिबुटीजन्य उत्पादनहरुको संसारभर उच्च महत्व रहेको बताए ।

सहकारीका अध्यक्ष गोपालप्रसाद दुलालले सहकारीको वार्षिक प्रतिवेदन पढेर सुनाए । कार्यक्रममा प्रबन्धनिर्देशक दिपकप्रसाद घिमिरेले शुभकामना मन्तव्य राखे । उनले संस्थामा ४२ जना मजबुत शेयर सदस्य रहेको र आगामी दिनमा त्यो संख्या अझै विस्तार गरिने बताए ।

सोही कार्यक्रममा अमूल्य बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कमलराज हुमागाईं, बिजनेसपाटी डटकमका सम्पादक रिसव गौतमलगायतको आतिथ्यता रह्यो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर