newskoseli.Com

तरकारी खेतीका लागि सिँचाइको व्यवस्था

अगैया क्षेत्रका किसानले सामूहिकरुपमा सुरु गरिएको व्यावसायिक तरकारीखेतीका लागि सिँचाइको व्यवस्था मिलाएका छन् ।सेभ ‘द’ चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले ४  लाख ५५ हजारको लागतमा १० हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरेपछि तरकारीखेतीमा संलग्न कृषक खुसी भएका छन् ।

सिँचाइ ट्याङ्की निर्माणका लागि कञ्चनापुर गाविसबाट  २० हजार र श्रमदानबापत १  लाख ४८ हजार व्यहोरिएकोे जनाइएको छ ।
त्यस क्षेत्रका किसानको टुक्राटुक्रा जग्गालाई एकिकृत गरी ३९ घरधुरी मिलेर हाल ४० कठ्ठा जमिनमा मौसमी तथा बेमौसमी व्यावसायिक तरकारीखेती गर्दै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकीले बताए ।

व्यावसायिक तरकारीखेतीमा संलग्न कृषकले प्रगतिशील कृषक समूह गठन गरी त्यस मार्फत खेतीको सम्पूर्ण कामको व्यवस्था मिलाएका छन्, भने क्लबले कृषकलाई प्राविधिक, बीउविजन, व्यवस्थापनलगायतका विषयमा तालिम तथा सहयोग उपलव्ध गराउँदै आएको छ ।

सो समूहले कुल २५ समूह गठन गरी ‘समूह बचत कोष’ समेत स्थापना गरी गाउँको सो समूहमा संलग्न घरधुरीलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्ने चाजोपाँजो समेत मिलाएको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर