newskoseli.Com

बम विस्फोट,१ को मृत्यु, २ घाइते

जापानको राजधानी टोकियोनजिकै उत्तरी क्षेत्रमा रहेको १ पार्कमा आइतबार सँगसँगै भएका २ विस्फोटनमा परी १ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २  घाइते भएका छन् । जापानको राजधानी टोकियोबाट करिब १ सय किलोमिटर उत्तरमा पर्ने उत्सुनोमियामा स्थानीय समयाअनुसार आइतबार ११ः३० बजे बिहान सो बम विस्फोटनहरु भएकाे थियाे ।

१ पार्कमा महोत्सव चलिरहेका बेला भएको उक्त विस्फोटन के कति कारणले गराइएको हो, सो भने तत्काल प्रष्ट नभएको बताइएको छ । सो विस्फोटनहरुमा परी १ व्यक्तिको मृत्यु हुनुको साथै २ घाइते भएका र घटनाको विस्तृत विवरण भने प्राप्त नभएको अग्नी नियन्त्रण विभागका प्रवक्ताले  समितिलाई बताएका छन् ।

सो घटनाहरुमा परेर हताहत भएका ३  व्यक्ति महिला वा पुरुष हो र उनीहरुको उमेर पनि हाल प्रष्ट नभएको अग्नीनियन्त्रण विभागका १  अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार १  विस्फोट कार पाकिङ्ग इलाकामा भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार लगातार २ वटा विस्फोट भएको र विस्फोटपछि गन्ध तथा धुवाँ उडेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर