newskoseli.Com

अमेरिकी गृहमन्त्री र रुसी परराष्ट्रमन्त्रीबीच वार्ता

अमेरिकी विदेशमन्त्री जोन केरी र उनका रुसी समकक्षी सर्गेइ लाभरोभबीच सिरियाको उत्तरी नगर अलेप्पोको वर्तमान अवस्थाबारे सोमबार राति गम्भीर टेलिफोन वार्ता भएको रुसी परराष्ट्रमन्त्रालयले जनाएको छ ।

वार्ताको क्रममा रुसी विदेशमन्त्री लाभरोभले अवैधानिक हतियारधारी सशस्त्र बिद्रोहीहरुले युद्धग्रस्त अलेप्पोको पूर्वी क्षेत्रबाट उम्किन प्रयास गर्ने सर्वसाधारण नागरिकहरुउपर जथाभावी हिंसात्मक आक्रमण गरिरहेको बताएका  छन् ।

“सिरियाली सरकारले अघि सारेको अल्प युद्ध विरामलाई उनीहरुले मान्नु पर्ने हो, तर न्यूनतम मानवीयता नराखी निहत्था नागरिकउपर प्रहार भै रहेको छ । आफूसमर्थित सिरियाका “मध्यमार्गी” विपक्षीहरुलाई आतङ्कवादी समूहहरुबाट अलग पारिदिन पहिला नै अमेरिकाले प्रकट गरेको वचनवद्धता पूरा गर्न” पनि रुसी विदेशमन्त्रीले केरीलाई फेरी एकपटक आग्रह गए।

अलेप्पोको स्थिति सामान्य र स्थिर राख्न आआफ्नो पक्षबाट प्रयास गर्न यी दुबै उच्चस्तरीय नेता सहमत भएको जनाइएको छ । यस अतिरिक्त, २  राष्ट्रबीच कायम रहेको दौत्य सम्बन्ध, इराकको वर्तमान अवस्थालगायत अन्य अन्तर्राष्ट्रिय मामिलाबारे पनि यी २  नेताबीच छलफल भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर