newskoseli.Com

अव भाइबरमा च्याट लुकाउन पाइने

चर्चित च्याटिङ तथा कलिङ एप भाइबरले आफ्ना प्रयोगकर्ताहरुले नयाँ सुविधा दिएको छ ।

नेपालमा समेत सर्वाधिक लोकप्रिय एपमा पर्ने भाइबरले आफ्ना प्रयोगकर्ताहरुलाई अव च्याट तथा तस्विर र भिडियो लुकाउन सक्ने सुविधा दिएको छ ।

मंगलबार रिलिज भएको नयाँ अपडेटमा भाइबरका सबै डाटा इन्क्रिप्टेड हुने सुविधा दिइएको छ ।

अव देखि तपाइँले भाइबरमा पठाएको सन्देश, तस्विर र भिडियो सम्बन्धित ब्यक्तिले मात्र हेर्न सक्ने छ । भाइबर आफैले समेत यी सामग्री हेर्न सक्ने छैन ।

भाइबारले अव च्याट हिष्ट्रीलाई गोप्य राख्न चाहनेहरुका लागि पनि ‘हिडन च्याट’ भन्ने सुविधा दिएको छ ।

तपाइँले लुकाउन चाहेको च्याटलाई कोडबाट मात्र देखिने बनाउन समेत सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर