newskoseli.Com

युनिसेफद्वारा श्रीलङ्कालाई बालबालिकाको समृद्धिका लागि काम गर्न आग्रह

संयुक्त राष्ट्रसङ्घ अन्तर्राष्ट्रिय बालबालिकाको आपतकालीन कोष (युनिसेफ)ले मङ्गलबार श्रीलङ्काका बालबालिकालाई शान्तिपूर्ण भविष्य र समृद्धि समाजको अनुभूति हुनेगरी बालबालिकाको विकासमा थप लगानी गर्न आग्रह गरेको छ ।

श्रीलङ्काका लागि भर्खरै जिम्मेवारी सम्हालेका युनिसेफ प्रतिनिधि टिम सट्टनले श्रीलङ्कासँग अहिले समृद्ध समाज निर्माण गर्ने विशेष अवसर रहेको र यस अवसरलाई खेर जान दिन नहुने बताए ।

वर्षौ पछिको परिवर्तनले श्रीलङ्कासँग गरिबी नियन्त्रण, द्वन्द्वपीडित नागरिकबीच पुनःमिलन गराउने र बालबालिकाको जीवन सुधारका लागि काम गर्ने सुनौलो अवसर भएको बताउँदै युनिसेफ प्रतिनिधिका रुपमा आफूले यस अभियानमा खुला हृदयले सहयोग पु¥याउने सट्टनले प्रतिबद्धता व्यक्त गरे ।

सटनले यसअघि बङ्गालदेश, इराक, भुटान र प्यासिक क्षेत्र र चीनमा युनिसेफ प्रतिनिधिका रुपमा कार्यभार सम्हालिसकाेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर