newskoseli.Com

आक्रमणमा परी कम्तीमा ३० को मृत्यु

मध्य अफगानिस्तानमा इस्लामिक स्टेट (आइएस) समूहसँग आबद्ध लडाकुको आक्रमणमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ ।

अफगानिस्तानको घोर प्रान्तको राजधानी फिरोज कोहमा मङ्गलबार राति आइएस समूहमा आबद्ध अफगानी दायस समूहको आक्रमणमा अधिकांश भेडागोठालाको मृत्यु भएको घोरका प्रशासक नसीर खोजेहले बताएका छन् ।

स्थानीयको सहयोगमा सुरक्षाकर्मीले सञ्चालन गरेको कारबाहीमा दायस समूहका कमाण्डरको मृत्यु भएपछि विद्रोहीले स्थानीय नागरिकलाई निसाना बनाएर आक्रमण गरेका थिए । स्थानीयले बुधबार बिहान स्थानीय नागरिकका ३० मृत शरीर भेटेपछि यो खबर प्रशासनलाई गरेका थिए ।

यद्यपि दायस समूहले समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी भने लिएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर