newskoseli.Com

अन्धाधुन्ध एप्लिकेशन डाउनलोड गर्दा यस्तो हुन्छ खतरा

प्रविधिको विकास भन्दै हामी दिनदिनै नयाँ नयाँ एप्लिकेशन डाउनलोड गरिरहेका हुन्छौ । विभिन्न एप्लिकेशन डाउनलोड गरेर मोवाइलमा राख्छौ ।

तर सायद कहिले पनि सोचेका छैनौं होला कि यस्ता एप्लिकेशन कतिको खतरनाक छ ? एउटा अनुसन्धानबाट डाउनलोड गर्ने एप्लिकेशनले प्रयोगकर्ताको बारेमा गोप्य कुरा पनि थाहा पाउन सक्ने देखिएको छ ।  

जब कुनै मोवाइल एप्लिकेशन डाउनलोड हुन्छ, त्यतिबेला प्रयोगकर्ताको स्मार्टफोनबाट धेरै जानकारीको खोजीमा हुन्छन् एप्लिकेशन निर्माता । त्यसैले कुनै पनि एप्लिकेशन डाउनलोड गर्नुअघि एप्लिकेशन गर्न चाहानुहुन्छ कि हुन्न ? भन्ने प्रश्न सधै आइरहेको छ ।

तर धेरैले त्यो अनुरोध वेवास्ता गर्छाै । एप्लिकेशनले स्वीकृति माग्दा ख्याल गर्दैनौ । त्यो एपको बारेमा बिना कुनै जानकारी डाउनलोड गर्नु खतरनाक हुनसक्छ ।

एप र मोबाइल कम्पनीले यो सबै प्रक्रियामा आफ्नोलागि व्यापारको मौका खोजीरहेका हुन्छन् । इ–कमर्स कम्पनीबाट सामान किन्दा क्रेताको इमेल, मोवाइल इ–कमर्स कम्पनीसँग रहन्छ । किनमेल सकिएपछि क्रेताले प्रयोग गर्ने क्रेडिट वा डेविट कार्डको बारेमा पनि इ–कमर्स कम्पनीसँग जानकारी हुन्छ ।

यसले उनीहरुलाई ग्राहकको बारेमा थाहा पाउन र उनीहरुको मन पर्ने कुराबारे जानकारी लिन सजिलो हुन्छ । यसैगरी जतिबेला एप डाउनलोड हुन्छ, त्यत्ति नै बेला प्रयोगकर्ताको फोन नम्बर, इमेल र धेरै जसो मोवाइलमा भएको नम्बरको बारेमा पनि एप निर्माताले जानकारी लिन सक्छ ।

कुनै पनि वेबसाइटको एप डाउनलोड गर्दा, त्यो एपले स्मार्टफोनको जानकारी लिन प्रयोगकर्ताको अनुमति पक्कै पनि मागेको हुन्छ । यसबाट प्रयोगकर्ताको मोवाइलमा आएको कुनै पनि एसएमएस उसले पढ्न सक्छ । यस्तै जब कुनै स्मार्टफोन वा ट्याब्लेटमा केही किन्न खोज्दा एउटा विशेष सफ्टवेयरले प्रयोगकर्ताको रोजाइको कुरामा पनि नजर राखिरहेको हुन्छ ।

प्रयोगकर्ताको डिवाइसको इन्टरनेट प्रोटोकल एड्रेसले वेबसाइटलाई पहिलाको रोजाइबारे पनि थाहा हुन्छ र त्यही अनुसारको सामान वेबसाइटले देखाउँछ ।

यदि प्रयोगकर्ताको बैंकसँगको बारेमा कुनै जानकारी मोवाइलमा आउछ भने उसको खातामा रहेको पैसाको बारेमा पनि एपले थाहा पाउन सक्छ । बिस्तारै एपको सहयोगले प्रयोगकर्ताको खातामा महिनामा कति कारोबार हुन्छ भन्ने कुरा पनि थाहा पाउन सक्छन् उनीहरुले ।

त्यसैले कुनै पनि एप, चाहे त्यो बैंकको होस् वा कुनै इ–कमर्स वेबसाइटको, प्रयोगकर्ताको प्रोफाइल तयार गर्न उसलाई मद्धत मिल्छ । एक पल्ट यो प्रोफाइल तयार भयो भने प्रयोगकर्ताको बारेमा कुनै पनि जानकारी लिन उसलाइ गाह्रो हुँदैन ।

यसो भयो भने प्रयोगकर्ताको प्रोफाइल जता पनि पुग्न सक्छ । यसले खतरा निम्त्उँछ । त्यसैले सबै एप डाउनलोड गर्नु खतरनाक नभएपनि सचेत भने हुन आवश्यक छ । उज्यालो अनलाइन बाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर