newskoseli.Com

टहरा भत्काइदिएपछि आप्रवासीको बिचल्ली

फ्रान्सको जङ्गलमा अस्थायी वस्ती बनाई बसेका शरणार्थीका टहरा फ्रान्स सरकारद्वारा एक्सकाभेटर लगाई भत्काई दिएपछि बालबालिका सहित दर्जनौ शरणार्थीले खुला आकाशमुनि रात बिताउन बाध्य भएका बताए ।

प्रशासनद्वारा कालाइसिस र वरपरका क्षेत्रमा रहेका शरणार्थीका यसै हप्र्ता नाटकीय रुपमा भत्काइदिएको थियो ।

बाँकि अस्थायी शिविरलाई पनि हटाउने अभियानमा प्रशासन लागेपछि आपूmहरु समस्यामा परेको, एक अफगानी किशोरले बताए ।

यसैबीच, फ्रान्सको गृह मन्त्रालयले कालाइसिस र वरपर रहेको जङ्गली क्षेत्रलाई सफा गरी ५ हजार आप्रवासीलाई अन्यत्र सारिएको जनाएको छ ।

तर करिव १ सय आप्रवासीले आफ्ना नातेदार बेलायतमा रहेको भनी त्यसतर्फ जाने योजना अन्तर्गत जर्वजस्ती जङ्गल क्षेत्रमा बसिरहेको प्रशासनको दावी छ ।

हामीले जङ्गली क्षेत्रमा रहेको शरणार्थीलाई त्यहाँबाट अन्यत्र जानका लागि अन्तिम अवसर प्रदान गर्दै गाडीको प्रवन्ध गरिदिएका छाँै र यो हाम्रो अन्तिम आग्रह हुनेछ, फ्रान्सेली अधिकारीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर