newskoseli.Com

‘देवकोटा स्मृति सम्मान’ आर. आर. चौलागाईको पोल्टोमा

हेटौँडा, ४ निवासी नेपाली साहित्यका वरिष्ठ प्रगतिवादी साहित्यकार आर. आर. चौलागाईंले २०७३ कार्तिक १४ गते लक्ष्मीपूजाको अवसर पारेर हरेक वर्ष प्रदान हुँदै आएको ‘देवकोटा स्मृति सम्मान’ बाट सम्मानित हुने भएका छन् ।

उक्त पुरस्कार नगद १० हजार १ रूपियाँ राशिको ‘देवकोटा स्मृति सम्मान’ बाट हेटौँडामा सम्मानित हुने भएका हुन । चौलागाईंलाई मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गम मकवानपुर र हेटौँडाः ११ नवलपुरमा रहेको युग प्रकाश क्लबले संयुक्तरूपमा सम्मान गर्न लागेका हुन् ।

यसअघि साहित्यकार तुल्सी थापा र आर. सी. रिजाल उक्त पुरस्कारबाट सम्मानित भैसकेका छन् । साहित्यकार चौलागाईंले कविता, लघुकथा, मुक्तक, गजल, हाइकु, सूत्रकथा लगायत विधामा लामो समयदेखि कलम चलाउँदै आएका छन् । यिनी सङ्गमका संस्थापक तथा पूर्वअध्यक्ष पनि हुन् । हालसम्म यिनका कविता, गीत तथा लघुकथा गरी १० ओटा कृतिहरू प्रकाशित भैसकेका छन् ।

निकट भविष्यमै कवि चौलागाईंको प्रतिनिधि कवितासङ्ग्रह ‘असीम पर्खाइहरू’ पनि साहित्यक बजारमा आउँदै छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर