newskoseli.Com

हाम्रो महान् चाड तिहार

तिहार हिन्दूहरुले मनाउने दोस्रो ठूलो चाड हो । यो पर्व कार्तिक महिनामा पर्दछ । यो पर्व पाँच दिनका लागि मनाइन्छ, त्यसैले यसलाई पञ्चक पनि भनिन्छ । यो चाडलाई झिलीमिली बत्तीहरूको चाड पनि भनिन्छ ।

मानिसहरू तिहारको बेलामा आफ्नो घर फूलमाला र तस्बिरहरूले सझाउनुका साथै घर वरिपरी सफा चिटिक्क बनाउँछन् ।

तिहारको पहिलो दिन काग तिहार पर्दछ । त्यस दिन हामी कागको पुजा गर्दछौँ । दोस्रो दिन  कुकुर तिहार हो । यो दिनमा कुकुरको पूजा गरी मिठामिठा खानेकुरा खान दिई कुकुरलाई खुसी पारिन्छ । तेस्रो दिन गाई र धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । चौथो दिन गोरु र गोवद्र्धनको  पूजा गरिन्छ र पाँचौ तथा अन्तिम दिन भाइटिका गरि यो चाड  मनाइन्छ ।snehaa

भाइटिकामा दिदीबहिनीले दाजुभाइलाई मिठामिठा परिकार फलफुल, मिठाइ,मसला दिने गरिन्छ भने दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिने गरिन्छ।

प्रथम दिन देखि पाँचौ दिनसम्म गरिने पूजाको पनि फरक फरक अर्थ र महत्व छ । कागलाई पूजा गर्नु भनेको कागलाई यमदुत मानेर हो । राम्रो समाचार ल्याउन अनुरोध गर्दै कागको पूजा गरिएको हो ।

कुकुरले हाम्रो  र घरको सुरक्षा गर्ने भएकाले तथा गोरुको पूजा गर्नु भनेको गोरुले हाम्रो खेतबारी जोतेर हामीलाई अन्न उब्जाउन सहयोग गरेको हुनाले पूजा गोरूलार्इ पनि पूजा गरिएको हो ।

गाईलाई पूजा गर्नु भनेको गाईले हामीलाई पौष्टिकयुक्त दुध दिने भएकाले गाइलाई आमाको रुपमा पूजा गर्ने गरिन्छ ।

भाइटिका लगाउने भनेको विवाह गरेर टाडा भएका दिदीबहिनी तथा दाजुभाइ एकआपसमा भेटघाट गरि एकआपसको सम्बन्धलाई सुमधुर बनाउनको लागि हो ।

जे होस् हामीहरुको महान चाड तिहार अति नै रमाइलो चाड  हो ।

 कक्षा–७,जनज्योती इङग्लिस सेकेन्डरी स्कुल, कालिमाटी, काठमाडौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर