newskoseli.Com

एकै साथ मातृ र पितृशोक बिर्सेर अग्नी पीडितको उद्धारमा

आमाको मृत्यु लगत्तै वावु अचेत भए । दाजु भाईहरु आमाको काज–किरियामा बसे । गुल्मी, बडागाउँ– ७ चौरका खुमबहादुर थापा अचेत वावुलाई लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा लिएर गए । उपचार पछि फर्केर घर आएको केहि दिन मै वावुको पनि मृत्यु भयो ।

बैशाख १८ गतेकै दिन उनका बावु शिवबहादुर थापाको मृत्यु  र उनको गाविस वडागाउँ– १ को दजाकोट र २ को माझागाउँमा भिषण आगो लागी भयो । झण्डै सिङ्गो गाउँ जलेर ध्वस्त हुन पुग्यो ।

खुमबहादुर मातृ र पितृ शोकको पिडा विर्सेर त्यसै अग्नी पिडितहरुको राहत संकलन र उद्धार कार्यमा खटिन आई पुगे । बैशाख २ गते उनकी आमा देवकुमारी थापाको ८१  बर्षको उमेरमा मृत्यु भएको थियो ।

गत वर्ष बैशाख १२ को भुकम्पले दुवै घर  भत्केर उनिहरुको परिवार गोठमा वसेको छ । उनका भाई चन्द्रबहादुर केहि वर्ष अघि रुखबाट लडेर थला परेका छन् ।

चोटै माथी चोट र ऋणै माथी ऋणको भारी बोकेर थकित परेका खुमबहादुर आफैको समस्या समाधान गर्न अहिले चन्दा उठाउनु पर्ने अवस्थामा छन् ।

तर उनि आफै दजाकोट र माझागाउँका अग्नी पिडितहरुको उद्धारका लागि सहयोग संकलन र घर टहरा निर्माण कार्यमा खटेका छन् । उनका पिताको मृत्यु भएको आज ९ दिन भयो ।

एकिकृत नेकपा माओवादीका जिल्ला सचिवालय सदस्य तथा त्यस ९ नम्वर ईलाका ईन्चार्ज रहेका थापा भन्छन् –‘ मेरो पिडा एकाघरको हो तर दजाकोटर माझगाउँको पिडा सिङ्गो गाउँको भएकोले उनिहरुको उद्धार कार्यमा जुटेको हुँ, मलाई मातृ  र पितृ शोकको भन्दा यो सिङ्गो गाउँ जलेको बढि पिडा छ ।’ उनले काज किरिया गर्ने कार्यलाई ढाेंंङ्गी परम्पराको सज्ञा दिए ।

भने–‘ छोरा छोरीले वावु आमालाई बाँचुञ्जेल वेवास्त  गर्ने जव मर्छन तव काज किरिया लगायतको ढोङ्ग रच्ने गरेको मलाई मन पर्दैन ।’ वाईसियल सहित अस्थाई घर टहरा निर्माण कार्यको कमाण्ड सम्हालेका एमाओवादी जिल्ला सह–सचिव बुद्धि जिसी भन्छन् –‘ खुमजीमा भएको शाहस र समाज प्रतिको दायित्व वोधलाई हामी सलाम गर्दछौं ।’

त्यस दजाकोट र बडागाउँका अग्नी पिडितहरुको घर टहरा निर्माणमा एमाओवादी  सहित नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु पनि आ–आफ्नो घरयासी समस्या भुलेर घर टहरा निर्माण तथा राहत संकलन कार्यमा जुटेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर