newskoseli.Com

भूकम्पका कारण विद्यालयहरु बन्द

अमेरिकाको ओक्लाहोमा राज्यमा आइतबार साँझ भूकम्पको गएको छ । भूकम्पको कारण सोमबार सो प्रान्तको सार्वजनिक बिद्यालयहरु बन्द गरिएको छ ।

सो भूकम्पको कारण भएका क्षतिहरुको विवरण सङ्कलनको लागि विद्यालय बन्द गरिएको बताइएको छ । स्थानीय समयाअनुसार आइतबार साँझ ७:४४ बजे गएको यस भूकम्पबाट ठाउँ ठाउँमा क्षति भएको कुसिङ्ग प्रहरी विभागले जानकारी दिएको. छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार होक्लाहोमा राज्यमा गत हप्ता १९ वटा स–साना भूकम्प गएको रिकर्ड गरिएको थियो । आइतबार साँझ गएको भूकम्पको कम्पन क्यान्सास सिटी, मिस्साउरी र अक्र्यान्सास राज्यको लिट्टिलक रक नगरमा महसूस गरिएको पनि युएसजिएसले जानकारी दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर