newskoseli.Com

ग्यास विस्फोट हुँदा ६ को मृत्यु

रसियाको इभानोभो सहरको एक अपार्टमेन्टमा ग्यास विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको रसियाली आपतकालीन अधिकारीले बताएका छन् ।

घटनामा ४ जना घाइते भएका छन् । मस्कोदेखि २ सय ५० किलोमिटर उत्तरपूर्वमा अवस्थित इभानोभो सहरको २ तले भवनमा भएको विस्फोटबाट उक्त भवनको धेरै माग भत्किएको बताइएको छ ।

रसियाली समाचार संस्थाले क्षेत्रीय आपतकालीन मन्त्रालयका प्रवक्ता ओल्गा डोलेवाले घटनामा  ४ वर्षे बालिकासहित ६ जनाको मृत्यु भएको जनाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर