newskoseli.Com

बाझाबाझको अन्त्य र पूर्ण मैत्रीस्थापनामा क्लिन्टनको ध्यान केन्द्रित

इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा अमेरिकी सङ्घीय अनुसन्धान केन्द्र (एफबिआइ) ले हटाइदिएपछि हिलारी क्लिन्टनको सशक्त प्रतिद्वन्द्वी उम्मेदवार डोनाल्ड ट्रम्पलाई आरोप लगाउने भाकामा परिवर्तन आएको छ ।

लगभग २ वर्ष अघिदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान गर्ने दिनको पूर्वसन्ध्या अत्यन्तै संवेदनशील अवस्थामा आइपुगेको छ । केही दिन यतादेखि परिवर्तित नाटकीय लहर आङ्कलन गर्दा २ उम्मेदवारमध्ये  थोरै मतान्तरले मात्र एकको विजय हासिल हुने देखिएको छ ।

विदेशमन्त्री छदा आफ्नो एकाउन्टमा रहेका हजरौं इमेल मेटाएर भ्रष्टाचारजन्य कार्य र राष्ट्रघात गरेको भनी ट्रम्पले क्लिन्टनलाई पहिला पहिला कडा शब्दमा आरोप लगाउँदै आएका थिए ।

एफबिआइको निष्कर्ष र प्रतिवेदनबाहिर आएपछि, शब्द केही नरम भए तापनि इमेल काण्डको चर्चा गरी आरोपलाई निरन्तरता दिन ट्रम्पले छाडेका छैनन् ।

यता, ट्रम्पको योग्यता र तुरुन्तै आक्रोशित हुने स्वभावको धेरै दिनसम्म कडा आलोचना गरेपश्चात् क्लिन्टनले अब आफ्नो ध्यान “बाझाबाझ र झैझगडाको अन्त्य र पुर्न मैत्रिस्थापना” मा केन्द्रित रहने जनाएकि छिन् ।

अमेरिकी राजनीतिमा दीर्घकालसम्म वर्चश्व कायम राख्न सफल हिलारी क्लिन्टन विश्वका उच्चपदमा पुग्न सफल थोरै महिलामध्ये एकमा नामाङ्कित छिन् । उनि आफ्नो प्रचारप्रसार अभियान तीव्र बनाउन हिजो दिनभरी नै लागिपरेकि थिइन् ।

फिलाडेल्फियास्थित अफ्रिकी मुलका अमेरिकीको चर्चमा लगभग आध्यात्मिक प्रवचन जस्तो लाग्ने भाषणबाट सुरु भएको उहाँको अभियान यात्रा न्युह्याम्पसायर राज्यको म्यान्चेस्टरमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गरेपछि टुङ्गियो ।

म्यान्चेस्टरमा –र्‍यालीमा एक छोटो साङ्केतिक कार्यक्रम पनि सम्पन्न भएको थियो । त्यहाँ उनले इराक–युद्धमा वीरगति प्राप्त गर्ने अमेरिकी सेनाका कप्तानका पिता, कानुन व्यवसायी, अमेरिकी– इस्लाम खिजर खानको छोटो अभिनन्दन गरी लोकगीत गायक जेम्स टेलरको प्रस्तुति– सफ्ट रक गायनमा भाग लिइन् ।

निर्वाचनको अन्तिम अभियानमा क्लिन्टनको साथमा देशभरी ठूला राजनीतिक हस्ती तथा सङ्गीत क्षेत्रका सेलिब्रिटी पनि खटिएका छन् । राष्ट्रपति बाराक ओबामा स्वयम् विभिन्न राज्यमा डेमोक्र्याटको पक्षमा मत माग्दै हिँडिएका छन् ।

सङ्गीतज्ञ स्टिभ वन्डर, रकस्टारः ब्रुस स्प्रिङ्स्टिन र जोन बोन जोभिजस्ता प्रख्यात कलाकारले भोट माग्न क्लिन्टनलाई सघाइरहेका छन् । अन्तिम अभियानको क्रममा उनि आजै ग्य्रान्ड र्‍यापिड्स, पिट्सवर्ग र र्‍याली पनि जानु हुने कार्यक्रम रहेको उनका निर्वाचन अभियन्ताले जानकारी दिएका छन् ।

त्यसैगरी डोनाल्ड ट्रम्प पनि मतदान हुने दिनसम्मै प्रचारप्रसार अभियानमै व्यस्त रहने जनाइएको छ । उनका निर्वाचन अभियान प्रबन्धक केल्यान कोन्वेकाअनुसार साेमबार फ्लोरिडा, नर्थ क्यारोलिना, पेनसिल्भानिया र न्यु ह्याम्पसायर भ्रमण गर्ने ट्रम्पको कार्यक्रम रहेको छ ।

मङगलबार बिहान न्युयोर्कमा भोट खसालेपछि उनको फेरि पेन्सिल्भानिया, मिसिगन, ओहायो, नर्थ क्यारोलिना र न्युह्याम्पसायर जाने व्यस्त भ्रमण तालिका रहेको कोन्वे बताउँछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर