newskoseli.Com

अविश्वासको मतद्वारा प्रधानमन्त्री हटाउने

इस्टोनियाकी प्रधानमन्त्री टाभी रोइभासलाई बुधबार यहाँको संसदले अविश्वासको मतद्वारा हटाउने निर्णय लिएको छ । रोइभासको सरकारका गठबन्धन २ दलसहित ५ दलले उनको सरकार सञ्चालन गर्ने शैलीप्रति आलोचना व्यक्त गर्दै उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

१  सय १ सदस्य सङ्ख्या भएको संसदमा रोइभासविरुद्धको अविश्वासको प्रस्ताव मतदानमा ६३ सदस्यले मतदान गरेपछि सन् २०१४ देखि प्रधानमन्त्री बनेका उनको कार्यकाल समाप्त भएको छ ।

रोइभासले संसदमा आफ्नो पक्षमा विश्वासको मत प्रमाणित गराउन नसकेपछि इस्टोनियाका राष्ट्रपतिले नयाँ सरकार गठनका लागि अन्य दल तथा नेतृत्वसँग तत्कालै परामर्श सुरु गर्न भएका  छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर