newskoseli.Com

सुन्तला उत्पादनमा कमी

जिल्लामा सुन्तला उत्पादनमा कमी आएको छ । बर्सेनि कृषकले सुन्तलाका बिरुवा लगाउँदै आएका भए पनि रोगका कारण बोट सुक्दै जाने, भएका बोटमा पनि सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाँदा उत्पादनमा कमी आएको हो ।

जिल्लाका बगरकोट, अमरगढी नगरपालिका, गाङ्खेत, रुपाल, भागेश्वर, बेलापुर, मणिलेकलगायत गाविसमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । गत वर्ष जिल्लामा ४ सय ३० हेक्टर क्षेत्रफलमा ४ हजार ५ सय ६१ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

वर्षाैदेखि सुन्तला बिक्री गरेर जीविकोपार्जन गर्दैै आएका यहाँका किसान उत्पादनमा कमी आएसँगै आम्दानी घट्दा चिन्तित बनेका छन् । विगतामा सुन्तला बिक्री गरेर बर्सेनि १ लाख रूपैयाँदेखि २ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका यहाँका किसान अहिले मुस्किलले  १५ हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेको बेलापुरका नरबहादर विष्ट बताउछन् ।

जिल्लामा करिब ३० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको कृषि प्रसार अधिकृत शालिकराम पौडेलले बताए । केही वर्षदेखि सुन्तलाको बोट ‘सिट्रस ग्रेनिङ’ रोगका कारण सुक्दै गएका उनको भनाइ छ । अहिले बजारमा सुन्तलाको मूल्य प्रतिकिलो  ८० रूपैयाँ देखि  १ सय रूपैयाँ रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर