newskoseli.Com

आगलागीमा परी १५ को मृत्यु

भारतको राजधानी नयाँ दिल्लीनजिकै रहेको एक गार्मेन्ट कारखानामा शुक्रबार बिहानै भएको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । यसमा परी अरु कयौ घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

सानो झिल्कोबाट सुरु भएको उक्त लागलागी केही समयमा नै कारखानाभरी फैलिएको बताइएको छ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशबाट २५ किलोमटिर मात्र टाढा रहेको राष्ट्रिय राजधानीनजिकै रहेको साहिबावादमा अवस्थित एक गार्मेन्ट कारखानामा आगालगी भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट १५ जनाको शव निकालिएको र घाइतेहरुलाई विभिन्न अस्पतालहरुमा उपचारका लागि भर्ना गरिएको प्रहरीले बताएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर