newskoseli.Com

३९ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

जिल्लाको १९ हजार ७ सय ५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६ सय ६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ । विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या १ लाख १३ हजार ६ सय रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८ सय ४१ मेट्रिक टन खाद्यान्न जिल्लामै उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताए ।

“वार्षिक १६ हजार ८ सय  मेट्रिक टन खाद्यान्न बिक्री हुँदै आएको छ,” उनले भने । कृषि विकास कार्यालयको तथ्याङ्कले जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको देखाएको छ । तर बाहिरी जिल्लाबाट चामल, दाल, गेडागुडीलगायतका खाद्यान्न वार्षिक रुपमा ठूलो परिमाणमा आयात हुने गरेको छ ।

कोदो, मकै, जौ लगायतका खाद्यान्नको प्रयोग जिल्लाका बासिन्दाले न्यून रुपमा गर्ने गरेका कार्यालयकी योजना अधिकृत ज्योति क्षत्री बताउछिन् । आव २०७२/७३ मा ३ हजार ८ सय ९७ हेक्टर क्षेत्रफलमा ७ हजार ५ सय ५९ मेट्रिक टन धान, ३ हजार ६२ हेक्टरमा ५ हजार १ सय ९२ मेट्रिक टन गहुँ तथा ९  हजार ८ सय ७२ हेक्टरमा २६ हजार ८ सय १३ मेट्रिक टन मकै उत्पादन भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर