newskoseli.Com

अलैंची किसान निराशमा

अलैंचीको मूल्यमा ४० प्रतिशत तथा उत्पादनमा २० प्रतिशतले कमी आएपछि काभ्रेपलाञ्चोकका किसान निराश भएका छन् । खडेरीका कारण उत्पादन घटेको र मूल्यमा समेत कमी आएपछि अलैंची किसान मारमा परेका हुन् । २ हजार ८ सय मा बिक्री हुने अलैंची अहिले १ हजार २ सय रूपैयाँ मा बिक्री भएको र्याले गाविसका किसान उपेन्द्र तिमल्सिना बताउछन् ।

अहिले अलैंचीमा लाही, कीराको सङ्क्रमण देखिएको छ । फल लागेर पनि लामो समयसम्म नपाकेको किसानले बताएका छन् । २ रोपनी जग्गामा अलैंचीको बिरुवा र बीउ उत्पादन गर्दै आएका तिमल्सिना बिरुवा बिक्री तथा वितरण गरेर वार्षिक १ लाख २० हजार आम्दानी गरेको बताउछन् ।

“बजारको पहुँच छैन, मूल्यमा उतार चढाव आउने गरेको छ,” उनले भने । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले अलैँचीको प्रर्वद्धनका लागि किसानलाई बीउ र बिरुवा वितरण तथा तालिम प्रदान गरेको बताए । जिल्लामा करिब ८० टन अलैंची उत्पादन हुन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर