newskoseli.Com

गहुँको बीउ अभाव

 यस वर्ष धनुषामा गहुँको बीउ अभाव हुने भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरले अनुदानको बीउ न्यून परिमाणमा आएकाले अभाव हुन सक्ने बताए । जिल्लामा ४० हजार हेक्टर क्षेत्रफलमा गहुँको खेती हुन्छ । प्रतिकृषक करिब ४० किलो अनुदानको बीउ उपलब्ध गराउने गरेको उनले बताए ।

जिल्लामा विभिन्न कृषि कार्यक्रम सञ्चालनका लागि आव २०७३/७४ का लागि ६ करोड ३ लाख ८० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । सोअन्तर्गत कृषि प्रसार कार्यक्रमका लागि ४ करोड ३० लाख ५६ हजार रूपैयाँ, सहकारी खेतीका लागि ३९ लाख ५४ हजार रूपैयाँ, समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाका लागि  १६ लाख रूपैयाँ र बाली विकास कार्यक्रमका लागि  २२ लाख ५३ हजार रूपैयाँ विनियोजन गरिएको छ ।

यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि  ५१ लाख ९० हजार रूपैयाँ, विशेष कृषि कार्यक्रमका लागि  २५ लाख रूपैयाँ र घर बगैंचा कार्यक्रमका लागि  १२ लाख ३१ हजार रकम विनियोजन गरिएको छ । कृषि प्रसार कार्यक्रमअन्तर्गत कृषकलाई धानको बीउ ४ मेट्रिक टन, गहुँ १० मेट्रिक टन, मकै १ मेट्रिक टन र मसुरको बीउ १ दशमलव ५ मेट्रिक टन ५० प्रतिशत अनुदान वितरण गरिने कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर