newskoseli.Com

बाखा्रपालनबाट मनग्य आम्दानी

खानीछाप गाविस–३ का महिलाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । स्थानीय मीनु दर्लामीले २ वर्षको अवधिमा ७ वटा खसीबोका बिक्री गरेर २ लाख रूपैयाँ आम्दानी गरीन् । त्यही रकमले अहिले उनले घरखर्च चलाउँदै आएकी छिन् ।

दर्लामी मात्र होइन, यहाँका अधिकांश महिलाले बाख्रापालनबाट आयआर्जन गर्दैआएका छन् । जिउँदो खसीको मूल्य प्रतिकिलो  ३ सय १० रूपैयाँदेखि  ३ सय ६० रूपैयाँ सम्म पर्छ । खानीछाप गाविसबाट पछिल्लो १८ महिनाको अवधिमा २ सय २० खसीबोका बिक्री गरिएको खानीछाप महिला उद्यमी सहकारी संस्थाकी अध्यक्ष मीनु दर्लामीले बताइन् ।

सहकारीले महिलालाई बाख्रापलान गर्न ऋण प्रदान र खसीबोकाको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ । यहाँका महिलाले वार्षिक १ लाख रूपैयाँदेखि ५ लाख रूपैयाँसम्म आम्दानी गर्न थालेका बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर