newskoseli.Com

महावाणिज्य दूतावासमा आक्रमणमा ६ को मृत्यु ११५ घाइते

अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको मजार ए सरिफ इलाकामा अवस्थित जर्मन महावाणिज्य दूतावासको कार्यलयलाई लक्ष्यगरी एक आत्मघाती बम आक्रमण भएको छ ।

आक्रमणमा परी ६ व्यक्तिको मृत्यु हुनुका साथै अन्य १ सय १५ जना घाइते भएका स्थानीय सुरक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक कार महावाणिज्य दूतावासको पर्खालमा ठोकाएको स्थानीय प्रहरी प्रमुख सयेद कमाल सदातले एएफपी समाचार समितिलाई बताएका छन् ।

यस माहिनाको सुरुमा अमेरिकासँग आवद्ध हवाई आक्रमणमा परी ३२ भन्दाबढी सर्वसाधारणको मृत्युकोले ‘बदलामा उक्त आक्रमण’ गराइएको तालिवान आतङ्ककारी समूहले जानकारी दिएका छन् ।

आक्रमणमा परी मारिएका र घाइते सबै सर्वसाधारण भएको बताइएको छ । घाइतेमध्ये १७ बालबालिका र १० महिला भएका बताइएको छ । घाइते सबैलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ ।

जर्मन विदेश मन्त्रालयले आक्रमणमा दूतावासका कर्मचारी नपरेको जानकारी दिएको छ । तर दूतावास भवन भने नराम्ररी ध्वस्त भएको बताइएको छ ।

यसमा के कति अफगान नागरिक, सुरक्षा अधिकारी मारिएका वा घाइते भएका त्यस एकिन सङ्ख्या प्राप्त नभएको पनि विदेश मन्त्रालयले जानकारी दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर