newskoseli.Com

आत्मघाती बम विस्फोटमा ४ को मृत्यु

अफगानिस्तानमा बुधबार बिहान भएको एक आत्मघाती आक्रमणमा कम्तीमा ४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका छन् ।

गृह मन्त्रालयनजिकै पुल इ मोहमद इलाकामा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको बताइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ८ बजे भएको यस विस्फोटनमा परी आत्मघाती आक्रमणकारीसहित ४ व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता सेदकी सेदिकीले बताएका छन् ।

सेदिकीले यस आक्रमणको विस्तृत विवरण भने बताएका छैनन् । तर घटनाको अनुसान्धान जारी रहेकाे बताएका छन् । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्रहरीले सो इलाकालाई सुरक्षाको दृष्टिकोणले घेरा लगाएको र पत्रकारलाई समेत सो स्थानमा जान रोक लगाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर