newskoseli.Com

प्रदुषीत खाद्यपदार्थका कारण सय भन्दा बढी बालबालिका विरामी

क्रिश्चियनहरूको संस्थाद्वारा चलाएको विद्यालयमा खानापछि खाने मिष्ठान्न खाँदा कम्बोडियामा करिव १३९ जना बालबालिका विरामी भएका छन् ।

ओडडर मेन्ची क्षेत्रमा पर्ने ट्रपिङ्गमा रहेको विद्यालयमा बुधबार साँझ खानापछि खाएको मिष्ठान्न प्रदुषीत भएकाले बालबालिकाहरु विरामी भएको स्थानीय प्रहरीले बिहीबार जनाएको छ ।

“उनीहरुले खानापछिको मिष्ठान्न खाएको केही घण्टामै बेहोस हुने र बान्ता गर्ने गरेका थिए,” एक प्रहरी अधिकारीले भने । विरामी भएका विद्यार्थीहरु ४ देखि १४ बर्ष सम्मका रहेका उनले जानकारी दिए ।

विरामी भएका विद्यार्थीहरुलाई अस्पताल पठाइएको र उनीहरुको खाना परिक्षण गरिएको छ ।

विरामी मध्ये अधिकांश बालबालिकाहरुको अवस्था अहिले स्थिर छ । उनीहरु मध्ये केहीको अवस्था सुधार भइसकेको छ भने कोही बिहीबार अस्पतालबाट घर गइसकेका छन् ।

सो विद्यालयले केही बर्षदेखि गरिब परिवारका बालबालिकाहरुलाई निःशुल्क अध्ययन र खानाको व्यवस्था गर्दै आइरहेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर