newskoseli.Com

प्रहरी हेलिकोप्टर दुर्घटना, ४ को मृत्यु

ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा ४ प्रहरी अधिकारीको मृत्यु भएको छ । ब्राजिलियाली तटीय सहर रियो डी जानेरोमा लागुऔषधविरुद्ध अभियान चलाइरहेका अवस्थामा सो दुर्घटना भएको बताइएको छ ।

घटनास्थलमा प्रहरी र लागुऔषध ओसारपसार गर्नेका बीचमा केहीबेर गोली हानाहानसमेत भएको प्रहरीको सहयोगका लागि गइरहेको विमानलाई बलपूर्वक अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको ठाउँ क्युडाड डे दिओस सन् २००२ मा रिलिज भएको ‘सिटी अफ गड’ नामक फिल्मका कारण संसारभरि चर्चित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर