newskoseli.Com

सडक दुर्घटनामा १७ को मृत्यु, ३७ जना घाइते

चीनको उत्तरी क्षेत्रमा पर्ने बेइजिङ—कुनमिङ राजमार्गमा ५६ ओटा सवारीसाधन एकै ठाउँमा परेर भएको दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ३७ जना घाइते भएका छन् ।

सान्सी राज्यमा पर्ने सो ठाउँमा स्थानीय समयानुसार सोमबार बिहान ९ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना भएका बेला सडकमा वर्षा र हिउँ परिरहेको थियो । दुर्घटनामा घाइते भएकाको स्वास्थ्य अवस्था स्थिर भएको स्थानीय अधिकरीहरुले मङ्गलबार जनाएका छन् ।

उद्धारका लागि घटनास्थलमा स्थानीय प्रहरी, अग्निनियन्त्रक, चिकित्सक लगायतका अधिकारीहरु खटिएका थिए । घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर