newskoseli.Com

सडक दुर्घटना, ६ बालबालिकाको मृत्यु

अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको १ बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन् ।

एउटा रूखमा ठोक्किएर सोमबार बस दुर्घटना भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । मृतकमध्ये ५ बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का १ जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा ‘किन्नर गार्टेन’का ३५ जना बालबालिका रहेका थिए ।

टेन्नेस्सीमा हालसालै भएको यो दोस्रो दुर्घटना हो । गत शुक्रबार बिहान भएको अर्को विद्यालय बस दुर्घटनामा करिब २ दर्जन बालबालिका घाइते भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर