newskoseli.Com

पछिल्लो आधा शताब्दीकै भन्दा धेरै हिँउ पर्‍यो

जापानमा बिहीबार पछिल्लो आधा शताब्दीकै सवै भन्दा धेरै हिँउ परेको छ । तापक्रम शुन्य डिग्रीतिर झरेको जनाइएको छ । जापानको मौसम विज्ञानसम्वन्धी निकायले नोभेम्बर महिनामा सन् १९६२ यताकै सवैभन्दा धेरै हिउँ परेको जनाएको हो ।

टोकियोको आवास क्षेत्रमा झण्डै २ इञ्चसम्म हिँउ जमेको पनि सो संस्थाले बताएको छ । स्थानीय टेलिभिजनले हाचिओजीको आवास क्षेत्रमा बाक्लो हिँउ जमेको, रुख र पार्कहरु सेतो पाउडरले छोपिएजस्तो देखिएका दृश्य प्रसारण गरेका छन् । रेललगायतका यातायात सेवाहरु अस्थायीरुपमा प्रभावित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर