newskoseli.Com

ट्रम्पले महिलालाई नियुक्तिका लागि चयन गरे

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आलोचक समेत केही महिलालाई नै आफ्नो सहयोगीका रूपमा नियुक्तिका लागि चयन गरेका छन् । साउथ क्यारोलीनाकी ४४ बर्षीय गभर्नर निक्की हेलीलाई उनले संयुक्त राष्ट्रसंघका लागि अमेरिकाको राजदूतका रुपमा नियुक्त गरेका छन् ।

उनले ट्रम्पको प्रस्ताव अनुसार राष्ट्रसंघका लागि अमेरिकी राजदूतको मन्त्रिस्तरीय पद स्विकार्ने निर्णय पनि गरेकी  छिन् । भारतीय आप्रवासी परिवारकी हेलीले अमेरिकामा मुसलमानहरुलाई प्रवेश गर्न प्रतिबन्ध लगाउने ट्रम्पको प्रस्तावको चर्को आलोचना गरेकी थिइन् ।

त्यसैगरी वेट्सी डेभोसलाई शिक्षा मन्त्रीको रुपमा उनले रोजेका छन् । डेभोस स्थानीय सरकारी विद्यालयको अध्यक्ष थिए । डेभोसले निर्वाचन अभियानका बेला ट्रम्पले रिपब्लिकन पार्टीको वास्तविक प्रतिनिधित्व नगर्ने बताउदै ट्रम्पको खरो आलोचना गरेका थिए ।
दुवै मनोनयनलाई रिपब्लिकन पार्टी नियन्त्रणमा रहेको अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर