newskoseli.Com

इराक आक्रमणको इरानद्धारा निन्दा

इराकमा भएको आतङ्ककारी आक्रमणको इरानी विदेश मन्त्रालयले शुक्रबार कडा शब्दमा निन्दा गरेको छ । इराकमा बिहीबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ८० तीर्थयात्री मारिएका छन् ।

यस आक्रमणमा परी ४० जना इरानी नागरिकले पनि ज्यान गुमाएका सो मन्त्रालयले जानकारी दिएको छ । आक्रमणमा ज्यान गुमाउने सवै तीर्थयात्री भएको इरानको परराष्ट्र मन्त्रालयले थप जानकारी दिएको छ ।

यो एक नैराश्यताको सङ्केत भएको विदेश मन्त्रालयका प्रवक्ता बहरम कसेमीलाई उद्धृत गर्दै इर्ना समाचार समितिले जानकारी दिएको छ । यो एक निर्दयी र अमानवीय कार्यले इराकी जनता र सरकारलाई आतङ्कवाद विरुद्धको लडाईमा अवरोध पैदा गर्ने पनि प्रवक्ताले बताएका छन् ।

इरानको विदेश मन्त्रालय र बग्दादमा रहेको इरानको राजदूतावासले यस हत्या काण्डको गम्भीर रुपमा छानवीन गर्ने पनि उनले बताएका छन् । सिया मुसलमान समूदायलक्षित यस आक्रमणमा परी ८० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३१ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर