newskoseli.Com

गहुँखेतीका लागि पर्याप्त रासायनिक मल

गहुँखेतीका लागि पूर्वाञ्चलमा रासायनिक मल पर्याप्त मौज्दात रहेको छ । यस क्षेत्रका विभिन्न गोदाममा १३ हजार मेट्रिक टन युरिया, ३ हजार ५ सय ६५ मेट्रिक टन डिएपी र १ हजार १ सय ६५ मेट्रिक टन पोटास मौज्दात छ ।

गत आवमा पूर्वाञ्चलको १ लाख १ सय १ हेक्टरमा गहुँखेती गरिएको थियो । रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी र साल्टट्रेडिङ लिमिटेड कार्यालय विराटनगरले रासायनिक मल पर्याप्त मौज्दात रहेको जनाएको छ ।

विभिन्न जिल्लास्थित गोदाममा ५ हजार ८ सय ८५ मेट्रिक टन युरिया, ३ हजार ६५ मेट्रिक टन डिएपी र ९ सय १५ मेट्रिक टन पोटास मौज्दात रहेको र पुस महिनाको मध्यसम्ममा थप डिएपी मल आपूर्ति गरिने कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

यस्तै साल्टट्रेडिङ लिमिटेड विराटनगरका प्रमुख नवीनचन्द्र झाकाअनुसार ७ हजार ५ सय  मेट्रिक टन युरिया, ५ सय  मेट्रिक टन डिएपी र २ सय ५० मेट्रिक टन पोटास मौज्दात रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर