newskoseli.Com

दुग्ध उत्पादन कार्यक्रम लागू

कैलालीमा निर्माणाधीन हुलाकी सडक क्षेत्रलाई लक्षित गरी ‘हुलाकी मार्ग बजार केन्द्रित एकिकृत दुग्ध उत्पादन प्रवद्र्धन कार्यक्रम’ लागू गरिएको छ ।

पशु उत्पादन निर्देशनालयको पशु विकास सेवा कार्यक्रमअन्तर्गत सो कार्यक्रम चालु आवदेखि कार्यान्वयनमा ल्याइएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा डिकरदेव भट्टले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयनका लागि हुलाकी सडक आसपास बस्ने कृषक समूह, समिति र सहकारीसँग निवेदन माग गरिएको छ । कार्यक्रमअन्तर्गत ५० वटासम्म गाई वा भैँंसी पालेर दुग्ध उत्पादन गर्न चाहने कृषक समूह एवम् सहकारीलाई पशु सेवा कार्यालयमार्फत न्युनतम १० हजार रूपैयाँदेखि बढीमा  ३० हजार रूपैयाँसम्मको अनुदानको व्यवस्था गरिएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि चालु आवमा  ८१ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । उत्पादित दूध सङ्कलन गरी डेरी व्यवसाय गर्न चाहनेलाई समेत अनुदानको व्यवस्था गरिएको छ । जिल्लामा पशुको दूध उत्पादनको परिमाण बर्सेनि बढ्दै गए पनि राष्ट्रिय लक्ष्य भने भेटाउन सकेको छैन ।

प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध पुग्नुपर्ने राष्ट्रिय लक्ष्य रहेकामा कैलालीमा करिब ७४ लिटर दूधको परिपूर्ति मात्र भएको कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर