newskoseli.Com

बाबुरामले फागुनमा युवाको महाधिवेशन गर्ने

हालै राजधानीमा सम्पन्न नयाँ शक्तिनिकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रथम संघीय महाधिवेशन आयोजक समिति सचिवालयको बैठकले फागुन १९, २० र २१ गते पोखरामा संगठनको प्रथम संघीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

संगठनका संयोजक कमल शाहीको अध्यक्षता र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको उपस्थितिमा सम्पन्न बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा सरोकारवालाहरुको व्यापक सहभागितामा काठमाडौं र प्रदेशस्तरमा समेत तत्काल बृहत् अन्तर्क्रिया कार्यक्रम गर्ने समेत निर्णय गरेको संगठनका प्रवक्ता टेकेन्द्र जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संगठनले रोजगार–स्वरोजगार, उद्यमशीलता सम्बन्धमा स्थानीयस्तर, जिल्ला, प्रदेश र केन्द्रमा युवाहरु र विज्ञहरुको टिम निर्माण गरी सम्भाव्यता खोजी, अध्ययन–अनुसन्धान र कार्यसम्पादनका लागि पहल थाल्ने पनि निर्णय गरेको छ । संगठन निर्माण कार्यदलको रिपोर्ट र सिफारिसबमोजिम सचिवालय र आयोजक समितिमा आवश्यक थपघट गर्दै ९६ सदस्यीय सचिवालय सदस्यसहित ३ सय ६५ सदस्यीय आयोजक समिति कायम गर्ने निर्णय गरिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर