newskoseli.Com

अधुरो सम्बन्ध किन ?

हामीलाई खानाको महत्व त्यतिखेर राम्रोसँग थाहा हुन्छ जब हामीसँग पैसा र खाना दुबै हुदैन । जब भोक लाग्छ तब भोकले जगाउँछ  । आराम सुखसँग बस्न दिँदैन, केही सोच्न, केही गर्न विवश गर्दछ । चेतनशील–होशपुर्ण तब मात्र हुन्छौ जब हामी चोट पीडाबाट गुज्रन्छौं । सुख सुविधाले त भुलाउने काम  मात्र गर्दछ ।

हामी यहाँ अधुरो दुखद सम्बन्धको बारेमा कुरा गर्दैछौ  । सम्बन्धको सामान्य अर्थ कसैसँग बाँधिनु वा सम्बन्धित हुनुशंग छ । किनकी समाज भनेको नै सम्बन्धको तानाबाना वा नेटवर्किंग मात्र हो । तर वास्तबमा सम्बन्धको अर्थ सम्बन्धित हुनुमात्र नभएर ठीक – ठीक पुरा–पुरा जवाफ दिनुसंग छ । यथार्थमा भने ठीक उल्टो भईरहेको हुन्छ । हामीले आधा र आशिंक जवाफ दिएर सम्बन्धलाई पनि आधा अधुरो बनाई राखेका छौ  । किनकी संसारमा जे दियो त्यही, जति दियो त्यति नै पाईन्छ । तव त हाम्रो सम्बन्ध सुखद सोचे जस्तो सुन्दर र स्थाई छैन ।

हामीलाई भय छ, मेरो बारे अरुले के भन्लान, के सोच्लान भन्ने । हाम्रो सोचको परिधी भनेको स्वकेन्द्रित नभई समाज केन्द्रित छ । हामी सबै अरुको आँखाबाट सारा जीवन जगत नियालिरहेका हुन्छा,ै किनकी हामीलाइ  भय छ । कुरुप या नराम्रो भइएला भन्ने, गरिब, अज्ञानी, मुर्र्ख वा कमजोर, रोगी या दुब्लो, होचो, अशिक्षीत आदि÷इत्यादि । जसले हाम्रोे इज्जत, क्षमता, भविष्य, परिवार, सम्बन्ध सबैमा प्रभाव पारेको देखिन्छ ।

कमजोर या अभावको भय जस्तै मानिसमा अहंकार “म” को छवी पनि रोगको रुपमा गडेर बसेको हुन्छ । म यस्तो, म उस्तो, म डाक्टर, म व्यापारी, म बौद्धिक, म ज्ञानी, म कृषक, म साहसी, म निर्माता, म लेखक आदि इत्यादि ।

हाम्रो सम्बन्ध अरुकोहीसँग  होईन हामी आफैसँग कैद छ । जब तपाई म तिमीलाई माया गर्छु भन्नुहुन्छ यसको अर्थ प्रेमसँग कही छैन । न त प्रेम बारे हामीलाई ठीकठीक ज्ञान छ । आज प्रेम शब्दको सही अर्थ कही छैन । प्रेम कसरी उदय हुन्छ कसैलाई पत्तो छैन । अनि जोसँग प्रेमबारे केही थाहा छैन अनि प्रेम पनि छैन । म तिमीलाई माया गर्छु भन्नुको अर्थ के ? यथार्थमा यसको अर्थ तिमी मलाई माया देउ भन्नु झै हो । पुनः हामी छविबीच सम्बन्ध जोड्न खोजिरहेका हुन्छौं । यस्तो एउटा प्रतिविम्व,सुहाउँदो, मिल्दो छवि जहाँ तपाई सुरक्षित रहन सक्नुहुन्छ । तलमाथी,दायाबाया त्यो स्तरमा भयो भने तपाईलाई गाह्रो हुन्छ ,पिडा हुन्छ किनकी त्यसबाट तपाईको सुरक्षा, विश्वास चाहे त्यो भावनात्मक होस या मनोवैज्ञानिक सवैमा प्रश्न आउछ । त्यसकारण हाम्रो सम्बन्ध हाम्रो मनोभावना, छवि, विचार,इच्छासँग जोडिएको छ । यी सबै सम्बन्धका मुलभुत तत्व होइन ।

हाम्रो सबन्ध स्वार्थ नै स्वार्थको जालो हो । त्यसकारण सम्बन्धमा रुपान्तरण चाहिएको छ । जबसम्म सम्बन्धमा रुपान्तरण गरिदैन तबसम्म जीवन  नरक नै बनिरहन्छ । हामीले हाम्रो दैनिक जीवनको घटना, सम्बन्ध, कार्य हेर्ने हो भने कहि कतै प्रेमपुर्ण भेटिँदैन । हामी पल पल झुठ बोलिरहेका हुन्छौ, ठगिरहेका हुन्छौ, लुटिरहेका हुन्छौ । हेरक पल एउटा दाउको पर्खाई र लुट्ने कोशिसमा हुन्छौ । यो समाजप्रति र अरुप्रति हाम्रो भातृत्व, बन्धुत्व प्रेम छ भन्नु झुट भ्रमको खेति मात्र हो । आज एशिया दुखि, युरोप दुखि, अमेरिका दुखि , काला, गोरा, हिन्दु, मुस्लिम, क्रिस्चियन, बुद्धिस्ट सबै दुखी । सर्बत्र दुःख नै दुःख छ ।

हाम्रो सम्बन्ध अधुरो छ किनकी हामी अधुरा छौं । हामी वेश्या झै वेचिएर बाचेका छौं । हामी अखण्ड र पुर्ण छैनौं। यथार्थमा त हुनुपर्ने भित्र जे वाहिर त्यही, वाहिर जे भित्र त्यही हो । हामी घर परिवारमा प्रेम, मायालु, रुपमा श्रीमती बच्चाको रुपमा प्रस्तुत हुन्छौ भने अफिस वा वाहिर कतै कडा हाकिम, बौद्धिक रुखो प्राध्यापक ,व्यापारी, फेरी त्यही व्यक्ति मन्दिरमा दयालु अहो प्रेमपुर्ण दानी व्यक्ति रुखो, भयंकर, रिसाहा कसरी ? हामीलाई भय छ, लाज छ, प्रतिष्ठाको कुरा छ अरुले के भन्लान र के सोच्लान भन्ने विचार छ । त्यसैले हामी जे छौं त्यो होइनौ, अनि आफै सिंगो पनि छैनौं।

हाम्रो अधिकांस सम्बन्ध इच्छा, लोभ, भय, तथा आशक्तिबाट संचालित छ । यी सबै मानविय विकार हुन । हामी विकारबाट मुक्त नभई अरुलाई रोग सार्ने प्रयासमा जिन्दगी चलाईरहेका हुन्छौ, तसर्थ धोका,चोट, पिडा स्वतः यसले उत्पादन गर्दै जान्छ । हामी स्वार्थी छौ, परमार्थीको नाटक गर्दछौ, हामीलाई प्रेम चाहिएको छ, अरुलाई माया दिन्छु भन्छौ, धन खोजिरहेका हुन्छौ, दानी झै व्यवहार गर्दछौ, रिसमा हुन्छौ खुशी देखिन्छौ । हैठ !! कस्तो विडम्बना, कति दुखद, यो छोटो जीवनमा, आफ्नै जाती, आफ्नै परिवार साथीभाई माथिको वेइमानी । वास्तवमा हामी आफ्नै जालीझेली मन, विचारको गुलाम हौ । अविरल इच्छाको सन्तति हौ । इच्छा रहेसम्म प्रेम रहन्न, विचार रहेसम्म प्रेम रहन्न अनि स्नेह र प्रेम नभएसम्म सम्बन्ध जिवित बन्न सक्दैन । त्यसकारण सुखद सम्बन्धको लागि भरपुर मात्रामा स्नेह र प्रेमको  बर्षा गराउन सक्नुपर्दछ ।

15577548_1618687381481558_241042837_n

सम्बन्ध भनेको सम्यक सम्पर्कमा रहिरहनु हो । त्यस्तो सम्पर्क जहाँ हामी पुरापुर उत्तरदायी, शुद्ध भुमिका निभाउन सक्छौ । जव हामी कसैलाई भेट्छौ, दैख्छौ तव हाम्रो मनमा कस्तो विचार भाव पैदा हुन्छ ? जव हामी कसैसँग बोल्छौ शब्दमा के बोल्छौ, भित्र के सोच्छौ ? हामी कसैसँग किन सम्बन्धित बन्छ्रौ । सबैको चाहाना हुन सक्छ सद्भाव, शान्त, प्रेममय समाजको निर्माण । तव मात्र यो सम्भव छ, जव हाम्रो सोच विचार ब्यवहारमा क्रान्ति हुन्छ । तव मात्र हाम्रो सम्बन्ध सुमधुर बदन्छ ।

आज धर्तिको सबैभन्दा ठूलो समस्या भनेको सम्बन्धको हो । सम्बन्धमा देखिएको विकृति, विरोध, धोका आदिले सारा मानवीय जीवन नरकमय बनेको छ । भय र घृणा सर्वत्र फैलिएको छ । जीवनको मुलाधारमा बसेर यस समस्यालाई बुझेर समाधान गर्न नलागेसम्म हाम्रो जीवन अभिषाप बनि नै रहनेछ ।

 

सम्बन्ध दुखद यी कारणहरुले हुन्छ–
१) एक अर्काविच सम्पर्क अधुरो
२)    उत्तरदायित्वको अभाव
३)    इच्छा विचारको सम्बन्ध
४)    आशक्ति ,भयबाट ग्रसित अवस्था
५)   प्रेम स्नेहको अभाव
६)   मानिस आफै स्वार्थबाट संचालित
७)   मानिस आफैमा अधुरो

मान्छेलाई एक्लै बाँच्न कठिन छ । जुनदिन उसले एक्लै बाच्न सिक्दछ,तब उसका हरेक सम्बन्ध पुँजनीय र स्तुत्य बन्दछन । भय र स्वार्थका हरेक सम्बन्धले दर्दपुर्ण र कमजोर बनारहन्छ ।

सन्दर्भ सामग्रीः
ये रिश्ते क्या है ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर