newskoseli.Com

लुमुम्बुका कवितामा उत्पीडितको आवाज

 कवि शशि लुमुम्बुले आज आफ्नो एकल कविता वाचन गरी माक्र्सवादी चेतनालाई आत्मसात् गरेर वर्गीय भावनालाई सशक्त रुपमा प्रस्तुत गरेका छन्।

जनसाहित्यिक मञ्च नेपालले आज आयोजना गरेको ‘अविरल जनसाहित्यिक यात्रा–३२’अन्तर्गत कविगोष्ठीमा लुमुम्बुले राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनको स्वर उचाल्दै अग्रगमन र समाज रुपान्तरणको आफ्नो चाहना अभिव्यक्त गरे ।

आफ्ना पिताको सम्झना गर्दै कविता वाचन सुरु गर्नुभएका प्राज्ञ लुमुम्बुले ‘राजमार्ग छेउ’कवितामा श्रमिक वर्गका जीवन भोगाइलाई कोट्ए । प्रायः पहाडलाई विम्बका रुपमा प्रस्तुत गर्दै उहाँले पानी र आगोको खोजी पनि गरे–म पानीचरो युगौँदेखि तिर्खारहेछु
काँडैकाँडा, भिरैभिर छ जतातिर पनि
म भूगोल खोजिरहेछु ।
एक दर्जन कविता वाचनमा उहाँलाई कवि तथा पत्रकार फूलमान बल, कवि पूर्ण इन्फादा र चन्द्र रानाहँछाले साथ दिएका थिए ।
सो अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्राज्ञ लुमुम्बु मोफसलबाट राजधानी आएर साहित्य तथा भाषाको सेवामा समर्पित भई स्थापित हुनुभएको बताउँदै उहाँको कविताले राजनीति, समाज र संस्कृति परिवर्तनका लागि मार्गनिर्देश गरेको बताए ।

प्राज्ञ नर्मदेश्वरी सत्यालले अविरल जनसाहित्यिक यात्रामा वाचन गरिएका कविता प्रकाशन गरिने जानकारी गराए। मञ्चका अध्यक्ष राम विनयले साहित्यकारहरुले देशभक्तिपूर्ण भावना अभिव्यक्त गर्नुपर्ने समय आएको बताए ।

मञ्चका काव्य विभाग प्रमुख डा विन्दु शर्माले कवि, कथाकार, निबन्धकार, नाटककार, चलचित्रकर्मी, सम्पादक जस्ता व्यक्तित्व बनाउनुभएका लुमुम्बु साहित्य र सिर्जनाका माध्यमबाट उत्पीडित वर्गको उत्थानमा सक्रिय रहेको बताए । विसं २०२७ मा भोजपुर, याकुमा जन्मनुभएका कवि लुमुम्बुको ‘पहाड बूढो’ कवितासङ्ग्रह प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर