newskoseli.Com

झमकको १३औँ कृति प्रेमिल आकास सार्वजनिक

साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह प्रेमिल आकास गृह जिल्लामा सार्वजनिक गरिएको छ ।

शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् ।

कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल विश्वविद्यालयले झमकलाई विद्यावारिधिको मानार्थ उपाधि दिएको खुसियालीमा सम्मान तथा बधाई दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

सेरेब्रलपाल्सी नामक मस्तिष्क पक्षघातले पीडित साहित्यकार घिमिरेका यो सङ्ग्रहसहित विभिन्न विद्याका १३ वटा साहित्यिक पुस्तक प्रकाशित भइसकेका छन् ।

यसअघि ‘जीवन काँडा कि फूल’ सङ्ग्रहबाट मदन पुरस्कार पाएकी झमकले प्रेमिल आकासमा गद्य कविता सङ्ग्रहमार्फत हालसम्म आफूले जीवन बुझेदेखिको भोगाइ सचित्र व्याख्या गरेकी छन् । पुस्तक सार्वजनिक एवम् परिचर्चा र बधाई सम्मान कार्यक्रममा झमकको जीवनमा आधारित चलचित्रसमेत तयारी गरी प्रदर्शनको तयारमा रहेको प्रतिष्ठानले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर