newskoseli.Com

मन्त्री जोशीद्वारा गोरखकाली रबर उद्योगको निरीक्षण

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आज गोरखाको मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको निरीक्षण गरेका छन् ।

विगत लामो समयदेखि उद्योगबाट नियमित रुपमा टायर उत्पादन नभएको अवस्थामा मन्त्री जोशीले उद्योगको वर्तमान अवस्थाबारे जानकारी लिएका थिए। गोरखकाली रबर उद्योग सञ्चालनका लागि सरकारले गृहकार्य गरिरहेको मन्त्री जोशीको भनाइ छ ।

मन्त्री जोशीले भने, “उद्योग नियमित रुपमा सञ्चालन गर्नुपर्छ । आज चलाउने भोलि बन्द हुने गर्नु हुँदैन ।” उद्योग सञ्चालन नहुँदा दिनहुँ ३ सय भन्दा बढी कर्मचारीले काम पाएका छैनन् । कर्मचारीहरु हाजिर गर्न मात्रै उद्योग पुग्ने गरेका छन् । उद्योगभित्र रहेका मेसिन जीर्ण हुँदा र आवश्यकताअनुसार कच्चा पदार्थ ल्याउन नसक्दा उद्योग सञ्चालनमा ल्याउन नसकिएको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर