newskoseli.Com

बीउ उत्पादनतर्फ आकर्षित बन्दै किसान

 जिल्ला कृषि विकास कार्यालयद्वारा सञ्चालित एकीकृत जलस्रोत व्यवस्थापन आयोजना प्रभावकारी बन्दै गएको छ ।

आयोजनाले आव २०६६÷६७ देखि कोटगाउँ र जेदबाङ गाविसमा बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यालयका कृषि प्रसार अधिकृत रवीन्द्र पौडेलका अनुसार सो परियोजनामार्फत दुवै गाविसको पाँच हेक्टर जमिनमा धान, मकै, गहुँको बीउ उत्पादन गरिँदै आएको छ । यसरी उत्पादन गरिएको बीउ जिल्लाका विभिन्न गाविसमा वितरण हुँदै आएको छ ।

“बीउ उत्पादनका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा मूल बीउ उपलब्ध गराउँदै आएका छौँ,” उनले भने । जिल्लामै बीउ उत्पादन कार्यक्रम सञ्चालन भएपछि कृषकको उन्नत बीउमा पहुँच बढ्न गई उत्पादनमा समेत वृद्धि हुँदै गएको छ ।

बिक्री वितरणबाट मनग्य आम्दानी हुनथालेपछि कृषक बीउ उत्पादन कार्यक्रमतर्फ आकर्षित बन्दै गएका छन् । खाद्यान्नका रुपमा गहुँ वितरण गर्दा प्रतिकिलो रु २७ पर्छ भने बीउका रुपमा वितरण गर्दा प्रतिकिलो रु ७० पर्ने गरेको छ । उक्त कार्यक्रम जिल्लाका अन्य गाविसमा समेत विस्तार गर्दै लैजाने कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर