newskoseli.Com

गर्भवती खोज्न गाउँ चहार्दा …

गर्भवती महिला सुत्केरी भएपछि आउने रगत, पीपलगायतका फोहरले भिजेका कपडा सफा गरिदिने पनि सरकारी स्वास्थ्यकर्मी होलान् ?

अनि उनीहरुलाई आफूले सुत्केरी गराएका स्थानको आफैँले सफा गर्ने कमैको मात्र बानि होला ! तर नुवाकाेटस्थित चतुराले स्वास्थ्य चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई आफैंले सुत्केरी गराएको स्थान र सुत्केरी महिलाले लगाएका लुगा समेत धोर्इ समाजलाई परिवर्तन गर्ने प्रयास गरेका छन् ।

“मेरो पहिलो काम स्वास्थ्य चौकीमा सुरक्षित रुपमा प्रसूति सेवा (सुत्केरी) प्रदान गर्नु हो । सुत्केरी गराउन गर्भवती महिलालाई यहाँ ल्याउने बेला हतारहतार हुँदो होला, कतिपयले फेर्ने कपडा समेत लिएर आउन भ्याएका हुँदैनन् । यस्तो अवस्थामा सुत्केरीका कपडा सफा गरिदिनुको अर्काे विकल्प रहेन” अहेब भट्टराईले भने।

अर्काेतर्फ यस स्वास्थ्य चौकीमा सातजनाको दरबन्दी भए पनि उनीसहित एक जना कार्यालय सहयोगी मात्र कार्यरत छन् । “कतिपय त सुत्केरी गराउन ल्याउने सुत्केरी भएपछिका रगत, पीपलगायतका फोहरले भिजेका कपडा देखेर घिन मान्ने गर्दछन् । उनीहरुलाई सिकाउन म नै उदाहरण बन्ने गरेको छु । आफैं लुगा धुन अघि सर्छु र धोइदिन्छु । आफ्नो स्वास्थ्य संस्था त सफा राख्नुपर्यो” उनले भने ।

अहेब भट्टराई चतुराले आएपछि हालसम्म लगभग एक हजार ३ सयभन्दा बढी गर्भवती महिलालाई सुत्केरी गराउन सेवा प्रदान गरिसकेकामा अहिलेसम्म सुत्केरी आमा र नवजात शिशुको अकालमा मृत्यु नभएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर