newskoseli.Com

यस्तो देखियो राष्ट्रपतिपुत्री निशाकुशुमको विवाहोत्सव (फोटोफिचर)

दिवंगत एमाले नेता मदनकुमार भण्डारी तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारी विवाह इन्जिनियर मुनीलाल यादव तथा तथा सांसद किरण यादवका छोरा इन्जिनियर अभिषेक यादवसँग सम्पन्न भयो ।

सोमबार (माघ ३ मा) सम्पन्न विवाह समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण यादव जन्तीका साथ आएका थिए । पूर्वराष्ट्रपति यादव अभिषेक यादवका अभिभावकमध्ये हुन् । विवाह समारोहमा वर–वधुलाई आशिर्वाद दिन उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधान न्यायाधीश सुशीला कार्की, पूर्वराज ज्ञानेन्द्र शाह, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, के.पी. शर्मा ओली, पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायत विभिन्न राजनीतिक दलका नेता एवम् नेपालस्थित विदेशी कूटनीतिक नियोगका राजदूतहरु, आफन्तजन लगायतको उपस्थिति रहेको राष्ट्रपतिको स्वकीय सचिवालयका सूचना तथा सञ्चारविज्ञ माधव शर्माद्वारा न्युजकोसेलीलाई प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

_MG_1822111

_MYR0911 _MG_1829111 _MG_1858111   IMG_5472 IMG_5550

_MYR0919

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर