newskoseli.Com

भृकुटीमण्डपमा सूचना प्रविधिको बृहत् मेला

क्यान इन्फोटेक मेला २०१७ आजबाट राजधानीको भृकुटी मण्डपमा सुरु भएको छ । १८ गतेसम्म चल्ने मेलामा विभिन्न २ सय २२ स्टल रहेका छन्।

इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई एकसय र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ।प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

यस वर्ष क्यान इन्फोटेकको शीर्ष प्रायोजन सुविसु र एसोसिएट प्रायोजक सामसुङ रहेका छन् । त्यस्तै प्लाटिनम स्पोन्सर–मर्कन्टाइल, डायमण्ड स्पोन्सर– नेपाल टेलिकम रहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर