
शनिबार सम्पन्न क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले पत्रकार दामोदर खनालको संयोजकत्वमा जिल्ला आयोजक समित गठन गरेको छ ।
कुपन्डोलमा भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरेको हो । सदस्यहरुमा रनसुर महतारा, विष्णु आले (विकिरण), प्रकाश भण्डारी (केदार), ठमानसिंह तामाङ, सेरसिंह, गीता लामा (लालीमाया), कोपिला थापा, जयन्ती महर्जन, अनित पाण्डे, सुरेश महर्जन, विवेक महर्जन, इश्वरी गुरागाईं, ज्ञानु खतिवडा, कुमार भट्टराई, निरञ्जन श्रेष्ठ, सुविन महर्जन (चिरकाजी) विनोद रञ्जितलगायत छन् ।
भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, उपाध्यक्ष नारायण पंगेनी, महासंघका केन्द्रीय सल्लाहकारहरु गोर्की श्रेष्ठ, राजेन्द्र रन्जित, नेकपा (क्रान्तिकारी माओवादी) का ललितपुर सहइन्चार्ज गोविन्द पौडेल, संयोजक श्याम केसीलगायतको उपस्थिति थियो ।