newskoseli.Com

‘कवच’ मा राजनीतिदेखि प्रेमसम्मका प्रसंग

हाल बेलायतमा रहेका साहित्यकार कृष्ण बजगाईंले प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शाको निवास ‘शा कर्नर’ मा सोमबार आफैंले नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता आफ्नो तेस्रो लघुकथासङ्ग्रह ’कवच’ सार्वजनिक गरेका छन् ।

बेलायतको ’एयोट सन्ट लरेन्स’ मा अवस्थित निवासमा करिब पैंतालीस वर्ष बिताएका शाको त्यहीं निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको सञ्चालन र सम्बर्द्धन गर्ने बेलायतको ‘नेसनल ट्रस्ट’ ले सङ्ग्रहालयका रुपमा सञ्चालनमा ल्याएको छ ।

लामो समयदेखि युरोपमा बस्दैआएका बजगाईंका यसअघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशन भइसकेका छन् । एघार वर्षदेखि उनले साहित्यिक अनलाइन ‘समकालीन साहित्य डट कम’ को समेत सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।

विवेक सिर्जनशील प्रकाशन, काठमाडौंले प्रकाशन गरेको सो लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, विसङ्गति आदि विषयवस्तु रहेको बजगार्इंले जानकारी दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर