newskoseli.Com

केन्द्रीय नेतालार्इ राजनीतिभन्दा कृषि प्यारो !

दस वर्ष लामो सशस्त्र जनयुद्धमा सामेल थुप्रै युवा शान्ति प्रक्रियासँगै वैदेशिक रोजगारीमा बिदेशिए । त्यही युद्धमा सामेल रोल्पाका एक योद्धाले भने शान्तिपूर्ण राजनीतिका साथसाथै व्यवसाय समेत गर्दै आएका छन् ।

शान्तिकालमा नेकपा (माओवादी केन्द्र) को जिल्ला उपाध्यक्ष बनेका थबाङ– ३ रोल्पाका ४२ वर्षीय ऋषिराम रोका अलैँचीका बिरुवा उत्पादन व्यवसायबाट वार्षिक १५ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

युद्धका बेला छापामार रहेएका उनले यतिबेला नर्सरी उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका छन् । ५ वर्षअघि थबाङबाट सदरमुकाम लिबाङ आएका उनले नर्सरीबाट अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गर्ने पेसा अँगालेका हुन् । उनले गत वर्षसम्म अर्काको जग्गा भाडामा लिई नर्सरी चलाउँदै आएका थिए, यस वर्ष भने उनले आफैँ जग्गा खरिद गरी व्यवसाय गरिरहेका छन् । उनले अलैँची बिक्रीबाट आएको मुनाफाबाटै जग्गा खरिद गरेका हुन् ।

आफ्नै दाजु मूलबहादुरसँग साझेदारीमा व्यवसाय गर्दै आएका उनको नर्सरीमा देवदार, श्रीखण्ड, खोटे सल्ला, सागुन, सुगन्ध कोकिला, टिमुर, कान्वातु, अलैँची, किबी, राई खनियोलगायत प्रजातिका बिरुवा छन् । आफ्नो नर्सरीमा तयार भएका बिरुवाको जिल्लाभित्र मात्र नभर्इ अन्यत्र समेत माग बढ्दो छ । “सल्यान, प्युठान र दैलेखलगायत जिल्लाबाट समेत बिरुवाको माग हुँदै आएको छ” ऋषिराम भन्छन्– “मैले उत्पादन गरेका अलैँचीका बिरुवा रोल्पामै खपत भइरहेको छ । बाहिरको माग पुर्याउनै सकिएको छैन ।”

उनले जिल्ला कृषि विकास कार्यालयबाट अलैँची नर्सरीका लागि अनुदान प्राप्त गरी व्यवसाय सुरु गरेका हुन् । उनको नर्सरीमा उत्पादित बिरुवा जिल्ला कृषि विकास कार्यालयले नै खरिद गर्छ । उनी अहिले नेकपा ९माओवादी केन्द्र० महाधिवेशन आयोजक समितिका सदस्य समेत छन् । कृषि पेसालाई पहिलो र राजनीतिलाई दोस्रो प्राथमिकतामा राखेको बताउँदै उनी भन्छन्– “विगतमा राजनीति प्यारो लागे पनि अहिले भने कृषि प्यारोे लाग्छ ।”

रोल्पाका किसान अलैँची खेतीतर्फ आकर्षित हुँदैछन् । जिल्लाको पूर्वोत्तर गाविसको भूबनोट अलैँची उत्पादनका लागि राम्रो रहेकोे वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठ बताउँछन् । थोरै लगानीबाट धेरै आम्दानी हुने तथा धेरै किसानको आकर्षण रहेका कारण जिल्लामा अलैँचीलाई उदीयमान बालीका रुपमा लिइएको छ ।

प्रधानमन्त्री आधुनिक कृषि विकास परियोजनामा समेत रोल्पालाई अलैंचीको ब्लक विकास गर्ने तथा पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम रहेको श्रेष्ठ बताउँछन् । अलैँचीलगायत भिन्न प्रजातिका बिरुवामा कृषकलाई बिरुवा उपलब्ध गराउँदा ५० प्रतिशत अनुदान दिइँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर