newskoseli.Com

मेहनती शशीराज

 सुन्न र बोल्न नसक्ने रामपुर नगरपालिका–८ सानीअमराइका शशीराज डोटेल जिल्लामा यतिबेला अगुवा कृषकका रुपमा चिनिन्छ ।

विगत एक दशकदेखि पाँच रोपनी जग्गामा व्यावसायिक रुपमा तरकारीखेती गर्दै आउनु भएका डोटेल बार्षिक ३ लाख रूपैयां भन्दा बढी आम्दानी गर्न सफल भएको छ । उनलाई जिल्ला कृषि विकास कार्यालयले युवा लक्षित कार्यक्रम अन्तर्गत तरकारीमा रु ४० हजार अनुदान रकम उपलब्ध गरेको छ ।
इसाराका भरमा आफ्ना कुरा अभिव्यक्त गर्ने डोटेलले तरकारीखेतीसँगै पाँच वर्षयता कुखुरा फार्म र भैँसी फार्म समेत सञ्चालन गरेका छन ।  उनले कुखुराबाट वार्षिक ३ लाख रूपैया आम्दानी हुन्छ । हाल उहाँको फार्ममा ५०० वटा कुखुरा रहेका छन् । यस्तै ५  वटा भैँसीबाट डोटेलले दैनिकरुपमा २५ लिटर दूध बिक्री गरी मासिक रु ३० हजारदेखि रु ४० हजार रूपैयासम्म आम्दानी हुन्छ । दूध बिक्रीबाट उनले बार्षिक रू ६ लाख देखि  ७ लाख रूपैया सम्म आम्दानी लिँदै आउनुभएको छ ।

सानैमा मेनेन्जाइटिस रोग लागेपछि उनले  जीवनभर सुन्ने र बोल्न नसक्ने छन । पाल्पा मिसन अस्पताल, बुटवल, भरतपुर, धरानलगायत ठाउँमा उपचार गरे पनि निको नभएपछि अपाङ्ग भएर बस्नुपरेको उनकि आमा भगवती देवकाटा भनिन्न । डोटेल उनको एक्लो छोरा हुनु ।
शशीराज तरकारीको बिरुवा उमार्न, बेर्ना लगाउन, गोडमेल, रेखदेख, उत्पादनदेखि बिक्री गर्ने कार्य आफैँले गर्छन । घरायसी प्रयोजनका लागि आवश्यक सामग्री, छोराछोरीको पढाइ खर्च, व्यवसायको आम्दानी लगायतका हिसाब, बैंकिङ कारोबार सबै डोटेलले नै गर्छन । कक्षा ८ सम्म पढे डोटेलले रामपुरमै सञ्चालन भएको सामुदायिक कृषि सहायक ३ महिने तालिम समेत उत्तीर्ण गरेकाछन ।
तालिमले उनलाई कृषि व्यवसायमा प्राविधिक ज्ञान सिप प्रदान गरेपछि सामान्य समस्याको पनि आफैँ समाधान गर्छन  । शशीराजको व्यवसायले अरु युवालाई समेत कृषि पेशामा लाग्न प्रेरणा दिएको स्थानीय माधव ढुङ्गाना भने  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर